Ad Banner

विश्वकप छनोट खेल – २०८ रनको लक्ष्य पछ्याउँदै नेपाल

साझा कथा । आइसीसी विश्वकप छनौट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालले २०८ रनको लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालले अहिले जवाफी व्याटिङ गरिरहेको छ  ।

हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनायो । उकसा लागि सयन जंहागीरले अविजित १०० रन बनाए ।

नेपालको लागि करण केसीले ४ विकेट लिए भने गुल्सन झाले ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशीले एक विकेट लिए ।

सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेट विहिन बन्दा नेपालका लागि मंहगा सावित भए। सन्दीपले आफ्नो स्पेलमा ५८ रन दिदा विकेट लिन सकेनन्।

अमेरिकाका लागि सयान जहानगिर १ सय रनमा नटआउट रहे । ७९ बल खेलेका उनले ९ चौका र ३ छक्का हाने । संकटकाबीच सयानले ओडिआइ करियरमा पहिलो शतक पूरा गरे। ७९ बलमा १० चौका र ३ छक्का मद्दतमा उनले १ सय रन पूरा गरे ।

आईसीसी विश्वकप छनोटको शीर्ष ३ मा रहँदै सुपर सिक्समा पुग्नका लागि नेपाललाई आजको खेल जित्नपर्ने दबाब छ ।

 

यो पढ्नु भयो ?