नेपालमा मंकीपक्सको त्रास – के हुन् लक्षण र सर्ने तरिका ?

साझा कथा । नेपालमा एक जना महिलामा मंकीपक्स देखिएको पुष्टि भइसकेको छ । नेपालमा पहिलोपटक एक ६० बर्षीय विदेशी महिलामा देखिएको मंकीपक्सले त्रास उत्पन्न पनि गरेको छ । यो भाइरस अफ्रिकी महादेशमा दशकौं अगाडि नै देखिरहेको हो तर यसको विशेष चर्चा भने सन् २०२२ मा युरोपमा फैलन थालेपछि भएको हो ।

गत वर्ष विश्व स्वास्थ संगठनले विश्वभरी ७५ देशबाट १६ हजर जनामा यो भाइरस पुष्टि भएपछी मंकीपक्सलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको थियो । हाल मंकीपक्सलाई ‘एमपक्स’को नामले सम्बोधन गरिने गरिएको छ ।

तर अफ्रिकी महादेश बाहिर देखिएको एमपक्स कम घातक मानिएको छ । यद्यपि कम्तिमा पनि ११२ जनाको ज्यान यो भाइरसको कारणले गएको विश्व स्वास्थ संगठनले जनाएको छ । सङ्क्रमितहरू मध्य सबैभन्दा बढीमा शरीरको विशेषत गुप्ताङ्ग/गुद्वारमा घाउ/पानी फोकाहरू देखिएको प्रतिष्ठित मेडिकल जर्नल न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुसन्धानले देखाएको छ ।

ज्वरो, ग्रन्थी सुन्निने, आलस्य हुने, जिउ दुख्ने आदि एमपक्स संक्रमितमा देखिने थप लक्षणहरु हुन् । नेपालमा घाउ/पानी फोकाहरू देखिएर सामान्यतया चिकित्सककोमा जाने प्रचलन खासै छैन । तसर्थ एमपक्स समुदाय स्तरमा फैलिएको यकिन तथ्यांक भने आउने सम्भावना कम देखिन्छ । तर पनि यो कसरी सर्छ भन्ने जानकारी भए भए थप फैलनबाट रोक्न भने धेरै मद्दत मिल्ने छ ।

सर्ने तरिका तथा माध्यमहरु
१. लामो समय आमने सामने कुराकानी गर्दा जस्तै, मुखको छिटाबाट ।
२. यौन तथा गुद्वार सम्पर्कबाट ।
३. संक्रमितले प्रयोग गरेका सरसमानबाट जस्तै कपडा, सिरिन्ज आदि ।
४. संक्रमितको घाउ फोकाको तरल पदार्थबाट ।

संक्रमण भएको १ देखि २१ दिन सम्ममा एमपक्सको लक्षणहरु देखिने गर्दछ । र २ देखि ४ हप्तासम्ममा अधिकांश संक्रमितले स्वास्थ लाभ गरिसक्ने छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?