सञ्चालनमा आएको ६ महिनापछि पोखरामा अन्तर्राष्ट्रिय उडान, सिचुवानले लिएर आयो खेलाडी

साझा कथा । सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । जनवरी १, २०२३ देखि सञ्चालनमा विमानस्थलमा चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’बाट बुधबार पहिलो उडान भएको हो ।

१३० जना यात्रु बोकेर चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । बिहान ९ बजेर ६ मिनेटमा जहाज अवतरण भएको हो ।

जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो । जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहितको नेपाली प्रतिनिधिमण्डलसमेत रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने कार्यतालिका छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?