साझा कथा । आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध नेपालले फिल्डिङ गरिरहेको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डङ गर्ने निर्णय लिएका हुन् । आज टिममा अमेरिकाविरुद्ध खेलेको टिममा परिवर्तन गरिएको छैन ।
५ ओभरको खेल सकिँदा नेपालले वेष्ट इन्डिजको दोस्रो विकेट लिइसकेको छ । पहिलो विकेट करण केसी र दोस्रो विकेट गुल्सन झाले लिएका हुन् । वेष्ट इन्डिज ४ पटकको विश्व विजेता हो । आजको खेल चूनौतिपूर्ण भएपनि समूहको दोस्रो स्थानमा आउनका लागि जित्नैपर्ने दवावमा छ नेपाल ।
प्रतियोगिताको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा ३ असारमा घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको थियो । ५ असारमा देखिएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।