साझा कथा । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमै बस्ने र प्रचण्ड परिवारसँग निकट सम्बन्ध भएका एकजनाले मंगलबार स्टाटस लेखे, ‘सिंगापुरमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र एमालेका केहि नेताहरुबीच छलफल..।’ त्यसको भोलीपल्ट संसद भवन बाहिर नेकपा एमालेका सचेतक महेश बर्तौलाले संचारकर्मीसँग भने, ‘एमालेले चाहने हो भने यो सरकार १ हप्तामै ढल्छ, तर हामी सरकार ढलाउन लाग्दैनौँ, गठबन्धनभित्रैको किचलोले सरकार ढल्नेछ ।’
देउवा सिंगापुरमै रहेको समय एमालेका केहि नेताहरुले उनीसँग भेटेको सूचना स्वयं प्रचण्ड निवासबाटै लिक भइरहेको छ । प्रचण्ड निकट स्रोतका अनुसार देउवासँग भारतीय खुफिया एजेन्सी रअका केहि प्रतिनिधीले पनि भेटिसकेका छन् ।
यी दुई कुरा संयोग मात्रै होइनन्, पछिल्लो समय नेपालका राजनैतिक दलहरुबीचमा पाक्दै गरेको नयाँ खिचडीको अभिव्यक्ति हुन् । अहिले काँग्रेस सभापति देउवा उपचारको लागि भन्दै सिंगापुरमा छन् । बुधबार नै स्वदेश फर्किनुपर्ने देउवा अझै केहि दिन सिंगापुरमा रहने बताइएको छ । नेकपा एमालेका महासचिव शंकर पोख्रेल लगायतका केहि नेता पनि बाहिर छन् । सरकार नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमाले र काँग्रेसका नेताहरुलाई जेल पठाउने गरी निर्मम भएपछि काँग्रेसभित्र सरकारको कदमलाई लिएर तीव्र असन्तुष्टि छ । एमाले त यसै प्रतिपक्ष, सरकारसँग खुशी हुने कुरै भएन । देउवाका प्रिय पात्र बालकृष्ण खाँड यो प्रकरणमा जेल गएपछि प्रचण्डसँग देउवाको अव्यक्त असन्तुष्टि रहँदै आएको केहि नेताहरुले बताउने गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पत्नी आरजु राणा समेत मुछिएको र ढिलो चाँडो प्रचण्डले आरजुलाई फसाउने बुझेका देउवा त्यो समय अघि नै सरकार गिराउने पक्षमा छन् ।
यो परिप्रेक्ष्यका बीच सत्ता समीकरण फेरबदलको प्रयास भएको छ । काँग्रेसकै दोस्रो तहका नेताहरु यो समीकरण बदलेर एमालेसहितको सरकार बनाउने कसरतमा लागेका हुन् । आफूले दिएको साथ एक महिनामै छोडेर काँग्रेससँग जोडिएको भन्दै प्रचण्डसँग असन्तुष्ट एमालेले पनि समीकरण बदल्न काँग्रेसलाई साथ दिने संकेत देखाएको छ । स्रोतका अनुसार पछिल्लो समय काँग्रेस र एमालेका दोस्रो तहका नेताहरुको अनौपचारिक संवाद बाक्लिएको छ । साना दलको समीकरणले राजनैतिक अस्थिरता हुने भन्दै एमालेले संसदको ठूलो दल काँग्रेसलाई सरकारको नेतृत्व लिन आग्रह गरेको छ । यो आग्रह पहिलोपटक एमाले महासचिव शंकर पोख्रेलले काँग्रेस सभापति देउवासमक्ष गरेका हुन् । अहिले विभिन्न च्यानलमार्फत पोख्रेल र देउवाबीच कुराकानी भइरहेको स्रोत बताउँछ । देउवा सिंगापुरमै रहेको समय एमालेका केहि नेताहरुले उनीसँग भेटेको सूचना स्वयं प्रचण्ड निवासबाटै लिक भइरहेको छ । प्रचण्ड निकट स्रोतका अनुसार देउवासँग भारतीय खुफिया एजेन्सी रअका केहि प्रतिनिधीले पनि भेटिसकेका छन् ।
विना सूचना प्रचण्ड निवासबाट यस्ता टिप्पणीहरु आएको पक्कै होइन होला । साथै एमालेकै केहि नेताहरु समेत यो सरकारको आयुका विषयमा सार्वजनिक टिप्पणी गरिरहेका छन् । स्रोतका अनुसार अहिले काँग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापा, संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेतासँग एमालेका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल लगायतका नेताहरु निरन्तर संवादमा छन् ।
यसकारण काँग्रेस वर्तमान समीकरण बदल्ने मुडमा पुगेको छ । यसमा दह्रो साथ दिइरहेको छ एमालेले । किनकी काँग्रेसलाई यो सरकार ढलाएर आफ्नो नेतृत्वमा सरकार बन्छ कि बन्दैन भन्ने चिन्ता मात्रै थियो, यस अवस्थामा एमालेकै जिम्मेवार नेताहरुले काँग्रेसलाई सरकारको नेतृत्व लिन ग्रीन सिग्नल दिएपछि काँग्रेस नेताहरु हौसिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्डसँग चिढिएको काँग्रेस पछिल्लो समय घोषणा भएको समाजवादी मोर्चाका कारण थप सशंकित भएको छ । मोर्चालाई काँग्रेसले आफूलाई तर्साउन र वार्गेनिङ शक्ति बढाउन गरिएको प्रपञ्च भन्ने अर्थमा बुझेको छ । यसकारण काँग्रेस वर्तमान समीकरण बदल्ने मुडमा पुगेको छ । यसमा दह्रो साथ दिइरहेको छ एमालेले । किनकी काँग्रेसलाई यो सरकार ढलाएर आफ्नो नेतृत्वमा सरकार बन्छ कि बन्दैन भन्ने चिन्ता मात्रै थियो, यस अवस्थामा एमालेकै जिम्मेवार नेताहरुले काँग्रेसलाई सरकारको नेतृत्व लिन ग्रीन सिग्नल दिएपछि काँग्रेस नेताहरु हौसिएका छन् ।
प्रचण्ड नेतृत्वको सरकार बन्दा चुनावी बर्षमा सरकारको नेतृत्व देउवाले गर्ने सहमति छ । तर चुनावी सरकारको नेतृत्व लिँदा काम देखाउन नपाइने र त्यसले भोटमा असर गर्ने भएको हुनाले अहिले नै एमालेसँग मिलेर सरकार चलाउनुपर्ने भन्दै काँग्रेसका केहि नेताहरु लागिरहेका छन् ।