साझा कथा । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजसँग खेलिरहेको नेपालले ३४० रनको लक्ष्य पाएको छ । ७ विकेटको क्षतिमा वेष्ट इन्डिजले ३३९ रन बनाउन सफल भयो । वेष्ट इन्डिजका कप्तान साइ होपले १२९ बल खेल्दै १३२ रन ल्याएका थिए ।
यस्तै मध्यक्रममा आएका विष्फोटक ब्याटर निकोलस पुरन ११५ रन बनाएर आउट भए । नेपालमा खेलको सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेको थियो तर जब पुरन आए नेपालका लागि महंगो साबित भए ।
खेलको ४४ ओभरमा बलिङ गरेका दिपेन्द्र सिंह ऐरीले पुरनलाई आउट गरेका थिए । यसअघि पुरनले दुई पल्ट जीवनदान पाएका थिए । नेपाली फिल्डरहरुको फितलो प्रदर्शनका कारण हातबाट दुईपटक उनले प्रहार गरेको बल फुत्किएको थियो ।
नेपालले पाएको यो लक्ष्य विशाल स्कोर भएपनि भेट्टाउन असम्भव भने छैन । तर ब्याटिङमा कमजोर नेपाललाई यो चूनौति पार लगाउन ठूलै मेहनत गर्नुपर्ने छ ।