आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत नेपाल विश्व विजेता वेष्ट इण्डिजसँग पराजित भएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल १०१ रनले पराजित भएको हो ।
वेष्ट इण्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभर खेल्दै २३८ रनमा अल आउट भयो ।
वेष्ट इण्डिजसँगको हारको बाबजुद पनि नेपालको सुपर सिक्समा पुग्ने अंक गणितिय सम्भावना यथावत छ । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार नेदरल्याण्डस्सँग खेल्नेछ। सो खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरे सुपर सिक्समा पुग्ने सम्भावना छ ।
नेपालका लागि आरिफ शेखले बनाएको ६३ रन नै सर्वाधिक रह्यो । ९३ बलको सामना गरेका शेखले ४ चौका र १ छक्का हाने । गुलसन झाले ४२ र रोहित पौडेलले ३० तथा आशिफ शेखले २८ रन थपे । दिपेन्द्र सिंह ऐरीले २३ बनाए। करण केसी २८ रन बनाउँदा क्याच आउट भए। ललित राजवंशी शून्य रनमा नटआउट रहे ।