साझा कथा । सरकारले वीर अस्पतालमा पदाधिकारी नियुक्त गरेको भोलीपल्ट वीर अस्पतालका जनरल बेड निःशुल्क गर्ने निर्णय भएको छ । अस्पतालले बिरामीलाई सात सय जनरल बेड निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरिएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएसँगै उक्त घोषणा भएको हो । यसअघि प्रतिबेड दुई सय रुपैयाँ शुल्क लाग्दै आएको थियो । बेड निःशुल्क हुँदा वार्षिक पाँच करोड रुपैयाँ खर्च हुने अस्पतालले जनाएको छ । अस्पतालका क्याबिन र आईसीयूमा निश्चित शुल्क लाग्ने छ ।
सरकारले बिहीबार उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत, रेक्टारमा डा. लोचन कार्की, रजिस्ट्रारमा डा. ज्ञानेन्द्र शाह र डिनमा डा. अशेष ढुंगानालाई नियुक्त गरेको थियो ।
तपाईलाई केहि भन्नु छ ?