बैँकमा पैसा थुप्रिएपछि शेयर बजारमा हरियाली, बिमा सूमहमा उछाल

साझा कथा । अहिले बैँकमा पैसा थुप्रिएको छ । त्यसो त असारमा बैंकहरुले खासै नयाँ कर्जा प्रवाह गर्दैनन् । तर निक्षेप भने बढेको बढ्यै छ । यसैकारण केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा आफूतिर खिचिरहेको छ । गएको बिहीबार १० अर्ब तानेको केन्द्रीय बैंकले आइतबार थप २० अर्ब खिचेको छ । बैंकहरुमा अधिक तरलता अवस्था देखिएपछि उनीहरुले पनि मागे भन्दा बढी रकम दिन प्रस्ताव गरिरहेका छन् । यसआधारमा बैंकमा प्रचुरमात्रा तरलता रहेको देखिन्छ ।

बैंकिङ प्रणालीमा तरलता निकै सहज अवस्थामा रहेपछि यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ । तरलता सहज हुँदै ब्याजदर पनि घट्न थालेपछि सेयर बजारले क्रमशः उकालो यात्रा तय गर्न थालेको छ ।

यसैक्रममा नेप्से सूचकले आइतबार आम लागनीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने २१ सय विन्दुलाई पार गरेर बन्द भएको छ । नेप्से सूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ । ६ अर्ब ४९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम विगत ६ महिनायताकै उच्च हो । पछिल्लो समय लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । आइतबार बिमा समूहमा लगानीकर्ताहरुको बढी आकर्षण देखिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?