Ad Banner

आधुनिक बन्दैछ कोहलपुर, हरित नगर बनाउन गृहकार्य

साझा कथा । नेपालका पुराना सहरमध्येको एक हो बाँकेको नेपालगंज, नेपालगंजबाट केहि किलोमिटरमात्रै उत्तरतर्फ महेन्द्र राजमार्गमा छ कोहलपुर । बाँके पश्चिम नेपालकै व्यापारिक केन्द्र हो। कोहलपुर नगर त्यसको धमनी हो । कुनै समय फोहोरको साम्राज्य बनेको कोहलपुर अहिले आधुनिक बन्दैछ । नगरपालिकाले कोहलपुरलाई हरित नगर बनाउन प्रयत्न गरिरहेको छ । कोहलपुरमा नेपालकै अत्याधुनिक बसपार्क बनिसकेको छ । उदघाटन हुन बाँकी छ । यात्रु र यातायात व्यवसायीका लागि सबै प्रकारको सुविधा उपलब्ध रहेको बसपार्कले धेरैको ध्यान आकृष्ट गरेको छ ।

भौतिक पूर्वाधार, सडक, खानेपानी लगायतका समस्या समाधान गर्न तत्पर रहेको कोहलपुर कोहलपुर नगरपालिकाले हरित नगरपालिका निर्माणका लागि स्थानीयसँग सहयोग लिँदै छ । नगर क्षेत्रभित्र वृक्षारोपण गरी सहरी सुन्दरता कायम गर्न आआफ्ना घरपरिसरमा सदाबहार हरियाली हुने एवं सौन्दर्य कायम हुने बिरुवा लगाउन सार्वजनिक अपिल गरिएको छ ।

यसरी वृक्षरोपण गर्दा कम्तीमा एक सय मिटरको क्षेत्रसम्म एउटै प्रजातिका बिरुवा लगाउनुपर्ने नियम नगरपालिकाले बनाएको छ । केही स्थानीयले सडक किनारामा बिरुवा लगाउनसमेत सुरु गरिसकेका छन् ।

वृक्षरोपणका लागि टोलमा सहमति गरी क्षेत्र यकिन गर्न सडक डिभिजन, नगरपालिकाको नक्सा शाखा र नगर प्रहरीसँग समन्वय गर्न नगरपालिकाले आग्रह गरेको छ । छतिवन, करभिर, बेगमबेली, कपुर, समी, मिनी चमेली, बोटल ब्रस, गुलचिन, टिकुमा, कोकोकार्पस, असारे फूल प्रजातिका बिरुवा प्राथमिकता राख्नुपर्ने छ ।

यो पढ्नु भयो ?