को हुन् जयकुमार शाह ? जसको नाममा मुलपानी क्रिकेटको नामाकरण गरियो

साझा कथा । मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सो क्रिकेट मैदानको नाम परिवर्तन गर्दै जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान कायम गरेको हो ।

केही महिना अघि मात्रै मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलाइएको थियो । गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरबीचको खेल खेलाइएपछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो । लामो समयदेखि बन्न सुरु गरेको भए पनि अझै सो खेल मैदान पूर्ण रुपमा निर्माण भइसकेको छैन ।

को हुन् जयकुमार शाह ?

जयकुमार शाह क्यानका संस्थापक तथा पूर्व अध्यक्ष हुन् । जसले २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व संहालेका थिए । उनीले लगातार ४० वर्ष क्यानको अध्यक्ष रहेर काम गरेका थिए । शाह अध्यक्ष रहँदा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय सहभागिता सुरु गरेको थियो । उनै शाहको सम्मानमा क्यानले शुक्रबार मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेको हो । उनी क्रिकेटका राष्ट्रिय खेलाडी समेत थिए । मुटु रोगबाट ग्रसित शाहको ८९ वर्षको उमेरमा गत २०७५ सालमा निधन भएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?