उकालो लाग्दै गरेको शेयरमा एक्कासी पहिरो

२०८० असार १७, आईतवार

साझा कथा । अघिल्लो साता सुस्त सुस्त बढेको शेयर बजारमा ठूलो पहिरो गएको छ । साताको पहिलो दिन शेयर बजार भारी अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ५३ दशमलव ७० अंकले घटेर २,०९७ दशमलव २९ को विन्दुमा झरेको हो ।

आइतबार १८ कम्पनीको शेयर मुल्य बढेको छ भने २०७ कम्पनीको शेयर मुल्य घटेको छ । आइतबार दिनभरिमा २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको २७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको २० करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?