आज गुरु पूर्णिमा, के हो त महत्व ?

साझा कथा । आज अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी गुरु पूर्णिमा मनाउने गरिन्छ। यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिइन्छ ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रू’ को अर्थ प्रकाश हुन्छ । अन्धकारबाट उज्यालोतर्फ बाटो देखाउने सबै गुरूजनप्रति श्रद्धा प्रकट गर्दै आजको दिन गुरूजयन्ती मनाउन थालिएको हो ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो योगदान दिएको मानिन्छ । गुरूले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ ।

सनातन धर्मावलम्बि र बौद्ध धर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परिक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार व्यक्तगर्ने विशेष दिनका रुपमा लिने गर्छन् ।

विद्यालय शिक्षा लिँदै गरेका बालबालिकाहरूले आजका दिनलाई ‘टिचर्स डे’ का रुपमा पनि मनाउने गरेका छन् । विद्याथीहरूले आफ्ना गुरू वर्गको सम्मानमा विभिन्न उपहार दिने प्रचलन पनि छ ।

पूर्णिमाको महत्त्व

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजा को स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?