साझा कथा । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सयले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो । हिजो सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा झरेको थियो ।
सोमबार स्थिर रहेको चाँदीको मूल्य आज बढेको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँ कायम रहेको थियो ।
तपाईलाई केहि भन्नु छ ?