आयरल्यान्डलाई नेपालले दियो २६९ रनको लक्ष्य, गुलशनको उत्कृष्ट ब्याटिङ

साझा कथा । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको प्ले अफमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ । टस जितेर बलिङ रोजेको आयरल्यान्डलाई नेपालले ५० ओभर खेल्दै २६९ रनको लक्ष्य दिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २६८ रन बनाउन सफल भएको हो । नेपालका लागि गुलशन झाले सर्वाधिक ५७ रन बनाए । ४२ बलमा ३ छक्का र ४ चौकाको सहयोगमा हाप सेन्चुरी हान्दै झा सर्वाधिक रन बनाउन सफल भएका हुन् ।

यस्तै नेपालका लागि अर्जुन साउदले ४८ रन, कुशल मल्लले ४४ रन, सन्दिप लामिछानेले ३२ रन, कप्तान रोहित पौडेलले २९ रन, भिम सार्कीले २० रन, कुशल भुर्तेलले ८ र ज्ञानेन्द्र मल्लले ७ रन जोड्न सफल भए ।

बलिङमा आयरल्यान्डका मार्क अदरल, ब्यारी म्याकार्थी र क्रेग योङले समान २–२ विकेट लिएका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?