आयरल्याण्डसँग पराजित हुँदै नेपाल एकदिवसीय विश्वकप छनोटको आठौं स्थानमा

साझा कथा । एकदिवसीय विश्वकप छनोटको सातौं स्थानको प्लेअफ फाइनल खेलमा नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौं भएको छ ।

जिम्बाबेको हरारेमा भएको खेलमा नेपालले दिएको २६९ रनको चुनौतीपूर्ण लक्ष्य आयरल्यान्डले ४ बल बाँकी छँदा ८ विकेट गुमाउँदै भेट्टायो । यो पराजयसँगै नेपाल विश्वकप छनोटमा आठौं भएको छ भने आयरल्यान्ड सातौं भएको छ ।

आयरल्यान्डका लागि ह्यारी टेक्टर र कर्टिस च्याम्परले अर्धशतक बनाए । च्याम्परले ५९ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६२ रन बनाए भने टेक्टरले ७६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ६० रन बनाए । यस्तै, जर्ज डक्रेलले ३३ रन बनाउँदा लर्कन टुकरले २४ रनको योगदान दिए ।
नेपालका लागि करण केसीले ४ विकेट लिए । उनले १० ओभरमा १ मेडनसहित ५८ रन खर्चिए । यस्तै, किशोर महतोले २ तथा गुल्सन झा र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

हरारेमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २६९ रन बनाएको थियो । जारी प्रतियोगितमा नेपालको दोस्रो ठूलो स्कोर हो।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?