सरकारले सवारी चालक अनुमति पत्रको अनलाईन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा प्रवाहको काम शुभारम्भ गरेको छ ।
बुधबार सिंहदरबारमा एक कार्यक्रमकाबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सेवा प्रवाहको कामको औंपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले सो सेवालाई एक महिनाभित्रै देशव्यापी रुपमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कास्की जिल्लाको यातायात व्यवस्था कार्यालयबाट आजै सुरु गरिएको सो सेवा एक महिना भित्र देशब्यापी रुपमा लागू गर्ने मन्त्री ज्वालाले बताए । उनले यातायात व्यवस्था विभागमा सेवाग्राहीले भिड लाग्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले सो सेवा शुभारम्भ गरेको पनि स्पष्ट पारे ।
मन्त्री ज्वालाले सो सेवालाई एक महिना भित्र देशव्यापी रुपमा लागू गराउने गरी आजैबाट सरकार क्रियाशील हुने पनि बताए । उनले सो सेवालाई देशव्यापी बनाउने काममा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रालय र मातहतका निकायहरुलाई परिचालन गरिने समेत योजना समेत सार्वजनिक गरे ।