साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको पार्थिव शरीरलाई पशुपती आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
आर्यघाटमा उनलाई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि धैरै मानिसहरुको भीड लागेको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेसँगै दाहालको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिएको हो । ।
आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सांसद, कर्मचारी, सर्वसाधारणको पनि बाक्लो उपस्थिति रहेको थियो ।
सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । पार्किन्सन रोगका कारण लामो समयदेखि दाहाल थला परेकी थिइन् ।
तपाईलाई केहि भन्नु छ ?