साझा कथा । बरिष्ठ व्यक्तिहरु पक्राउ परिसकेको नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानोभर्याङबाट काठमाडौं महानगरपालिका ३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधर पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार भुटानी शरणार्थी प्रकरणमा उनको बैंक खाता प्रयोग भएको थियो । उनीसहित ३० जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता छ । अदालतले १८ जनामध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जसमध्ये दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।