मिस नेपाल शृंखला खतिवडालाई लक्षित गर्दै सिसनले भने, ‘मेरो एक्सलाई केहि नभन्नू’

साझा कथा । पछिल्लो समय सामाजिक सञ्जालमा हुने कटाक्ष, आलोचना र ट्रोलको सिकार भइरहेका नेपालका रंगकर्मीहरु र सेलिब्रेटीहरु । अहिले भने भ्लगर सिसन बानियाँ ट्रोल बनिरहेका छन् । पूर्वमिस नेपाल श्रृंखला खतिवडासँग नाम जोडिका बानियाँ पछिल्लो अत्यधिक ‘ट्रोल’ बनिरहेका हुन् ।

श्रृंखला मिस नेपालपछि मिस वर्ल्डमा भाग लिने क्रममा सिसनले धेरै सहयोग गरेपछि अफेयर रहेको चर्चा चल्दै आएको थियो । तर, प्रेम सम्बन्ध रहेको सार्वजनिक स्वीकारोक्ति भने गरेका थिएनन् ।

यद्यपी, केही समयअघि देखि श्रृंखला र सिसन टाढिएका छन् । श्रृंखलाले कान्तिपुर पब्लिकेसन्सका सम्भव सिरोहियासँग विवाह गर्न लागेको खबर छ । श्रृंखलाको विहेसँग सम्बन्धित समाचार बाहिरिएपछि सिसन र श्रृंखलाका पुराना फोटो भिडियो राखेर ट्रोल भइरहेको छ । सिसन बानियाँ समेत अर्की पूर्व मिस नेपालसँग जोडिएका हल्ला पनि बजारमा चलिरहेका छन् । ती युवतिसँग सिसन भारत टुर समेत गएका थिए ।

यसप्रति प्रतिक्रिया दिँदै सिसनले भनेका छन्, ‘मजाक गर्नुस्, उडाउनुस्, म त्यसलाई तपाईंको रचनात्मक हिसाबले सम्मान गर्छु । तर, त्यो मजाक र नकारात्मक टिप्पणीहरूले मान्छेमा अर्कै प्रभाव पारिरहेको हुन्छ । म सहन सक्छु । ट्रोल लिन सक्छु । तर, सबैले लिन सक्दैनन् । मेरो एक्सलाई केही नभन्नु ।’

केही दिनअघि श्रृंखलाले एउटा स्टाटस लेख्दै सामाजिक सञ्जालप्रति आफ्नो असन्तुष्टि पोखेकी थिइन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?