Ad Banner

आज नेपालले भारतको सामना गर्दै, खेल्ने छैनन् करण, सन्दीप, ज्ञानेन्द्र र ऐरी

साझा कथा । जित्नैपर्ने दवावका साथ नेपाली क्रिकेट टिमले आज भारतको सामना गर्दै छ । श्रीलंकामा जारी एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भारत ए टिमको सामना गर्ने भएको हो । खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजेदेखि शुरु हुँदैछ । प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न आज नेपालले जित्नैपर्ने छ ।

नेपालले पहिलो खेलमा पाकिस्तान ए सँग हार बेहोरेको छ भने भारत ए ले आफ्नो पहिलो खेलमा युएई ए लाई पराजित गरेको थियो । इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि जुलाई २३ सम्म श्रीलंकामा हुँदैछ । इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेलिरहेका छन् ।

इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा रहेका छन् ।

प्रतियोगितामा सहभागी नेपाल बाहेक अन्य सबै देशले ए टिम पठाएका छन् भने नेपालले भने आगामी एशिया कपलाई ध्यानमा राख्दै सिनियर टिमलाई नै यस प्रतियोगितामा पठाएको छ ।

नेपाली टिममा करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ललाई बाहिर राखिएको छ । जसमा सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० खेल्न क्यानडा जाने भएकाले टिममा समावेश गरिएको छैन ।

त्यस्तै टिममा समावेश गरिएका आरिफ सेखले निजी कारणले आफ्नो नाम फिर्ता लिएपछि उनको ठाउमा अल राउण्डर पवन सराफलाई टिममा समावेश गरिएको छ ।

यस प्रतियोगितामा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरालाई अवसर दिइएको छ । त्यस्तै रोहित पौडेल (कप्तान), आसिफ सेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजबंशी, भीम सार्की, कुशल मल्ल, प्रतिष जिसी, गुलशन झा, अर्जुन साउद र पवन सराफ नेपाली टिममा रहेका छन् ।

नेपालले तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।

यो पढ्नु भयो ?