नयाँ आर्थिक वर्ष लागेसँगै सेयर बजारमा हरियाली

साझा कथा । नयाँ आर्थिक वर्ष २०८०–८१ को पहिलो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । सोमबार नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ विन्दुमा पुगेको छ। सूचकमा आकर्षक वृद्धिपछि नेप्सेले सजिलै २१ सय विन्दुलाई पार गर्न सफल भएको हो ।

आइतवार २ अर्ब ३७ करोड बराबरको शेयर कारोबार भएकोमा सोमवार २ अर्ब ५६ करोड भन्दा बढीको कारोबार भएको छ । यो कारोबार रकम भने औसतमा हो । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह बढेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी तेजी आएको छ । वाणिज्य बैंक समूह पनि बढेको छ ।

सोमबार कारोबारमा आएका धितोपत्रमध्ये बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार २३२ पुगेको छ । ४ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । दोस्रोमा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी छ र तेस्रो स्थानमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक परेको छ।

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?