साझा कथा । श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतलाई १६८ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ थालेको नेपालले भारतलाई ३९ ओभर खेल्दै १६८ रनको लक्ष्य दिएको हो । खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् । उनले ६४ बलमा ६ वटा चौकासहित अर्धशतक पूरा गरेका हुन् ।
गुलशन झाले ३८, देव खनालले १५, सोमपाल कामीले १४, आसिफ शेख ७ र भीम सार्कीले ४ रन बनाउँदा कुशल भूर्तेल र कुशल मल्ल शून्यमा आउट भए ।
भारतले पहिलो खेलमा यूएईलाई ८ विकेटले पराजित गरेको थियो । समूह बी मा भारत दुई अंकसहित शीर्ष स्थानमा र सामान अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ । तेस्रो स्थानको नेपाल र अन्तिमको यूएई अंकविहीन छन् ।
समूह बी मा रहेको नेपालले खेलेको पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।