साझा कथा । कुनै अमुक राजनैतिक पार्टीको विभिन्न तहका बैठक बस्छन् । बैठकमा भएका छलफल र नेताहरुले व्यक्त गरेका कुराहरु बाहिर आउँदा कति भ्रम छर्ने गरी आउँछन्, कति तथ्यपरक आउँछन्, कतिपय अवस्थामा संचारमाध्यमहरुले आफ्नो मिसन अनुसार तथ्यलाई बंग्याएर शब्दमा खेल्छन् र समाचार पस्किन्छन् । यसले बैठकमा भएका वास्तविक कुरा भन्दा तोडमरोड गरिएका कुरा मात्रै जनताले थाहा पाउने अवस्था बन्छ । कहिलेकाँहि त पार्टी वा नेता विशेषले स्पष्टिकरण समेत दिनुपर्ने हुन्छ तर पहिलोपटक आएको समाचार हेरेर धारणा बनाएका जनताले पछिल्ला कुराभन्दा पहिलोपटक प्रसारित समाचार नै बढी विश्वास गर्छन् ।
अर्कोतर्फ राजनीतिक पार्टीका केन्द्रीय कमिटी बैठकमा सञ्चारमाध्यमको प्रत्यक्ष पहुँच हुँदैन । औपचारिक फोटो खिच्ने बेलाबाहेक बैठकमा हुने छलफल र बहसहरु पार्टीहरुले गोप्य राख्ने गरेका हुन्छन् । त्यसमाथि पनि नेपालमा ठूला दलहरुले पार्टी बहस सार्वजनिक गर्दैनन् । यसले अपारदर्शीतालाई बढावा दिइरहेको पनि छ । अनुशासनको विषय बनाएर जनताद्वारा निर्मित पार्टी नै जनतालाई सुसूचित गर्नुपर्ने दायित्वबाट पछि हट्छ । पार्टीका गोप्य बहसका कुरा बाहिर सञ्चारमाध्यममा लैजानेलाई त झन् अनुशासनमा दण्डित गर्ने प्रयास पनि हुन्छ । यस्तो अवस्थाका बीच नेपालमा पार्टीका बैठकहरु लाइभ गर्ने प्रस्ताव आउन थालेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नगरसभा र कार्यकारी समितिको बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गराएपछि अन्यत्र पनि यसलाई अनुसरण गर्न थालिएको छ । हालैमात्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको बैठक लाइभ गर्ने प्रस्ताव गरे र त्यो स्वीकृत पनि भयो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नगरसभा र कार्यकारी समितिको बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गराएपछि अन्यत्र पनि यसलाई अनुसरण गर्न थालिएको छ । हालैमात्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको बैठक लाइभ गर्ने प्रस्ताव गरे र त्यो स्वीकृत पनि भयो । कांग्रेसको केन्द्रीय कमिटिको बैठक पार्टीको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गर्न प्रस्ताव गरेर देउवाले कांग्रेसमा नयाँ बहस सिर्जना गरिदिएका छन् ।
हुन त यस्तै खालको प्रस्ताव चार वर्ष अघि तत्कालिन नेकपाको केन्द्रीय समिति बैठकमा पनि भएको थियो । नेकपाका तत्कालिन अध्यक्ष प्रचण्डले अध्यक्षता गर्न पाएको केन्द्रीय समिति बैठकमा तत्कालिन महासचिव विष्णु पौडेलले आफनो संगठनात्मक प्रस्तावमार्फत लिखित रुपमा नै यस्तो प्रस्ताव केन्द्रीय समिति बैठकमा गरेका थिए ।
पहिले तत्कालीन नेकपा र अहिले नेपाली काँग्रेसभित्र पार्टीका बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव जनतासामु पारदर्शी हुन भने गरिएको होइन । जब पार्टीभित्र अन्तरविरोध बढ्छ, नेताहरुमा आरोप–प्रत्यारोप बढ्न थाल्छ, त्यस्तो बेला पार्टी बैठकको प्रत्यक्ष प्रशारणको बहस उठ्ने गरेको छ । तत्कालिन नेकपामा चार वर्ष अगाडी व्यापक अन्तरविरोध थियो । एक जना अध्यक्ष केपी शर्मा ओलीले बैठकहरु टार्दै आइरहेका थिए । सचिवालयका बहुमत सदस्यले माग गर्दा पनि बैठक बसाल्न ओलीलाई गाह्रो भएको थियो ।
एमाले र माओवादी एकतापछि दुई अध्यक्ष केपी ओली र प्रचण्डका बीच विवाद चुलिँदा र ओलीका विरुद्ध माधव कुमार नेपाल पनि उभिएपछि नेकपामा गञ्जागोलको अवस्था थियो । त्यहि परिप्रेक्ष्यमा तत्कालीन महासचिव विष्णु पौडेलले पार्टीका बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए । दुई जना नेता वा सचिवालयको बैठक बसिसकेपछि संचारमाध्यममा फरकफरक समाचार आउन थालेपछि र विवाद झन् गहिरिएर जान थालेपछि बैठक लाइभ गर्ने प्रस्ताव आएको थियो । यस्तो बेला आरोपै खेप्नु पर्ने भए लाइभ गरेर बैठकमा जे हुन्छ त्यहि देखाउने प्रस्तावमा छलफल पनि भयो तर बैठक लाइभ भएन ।
अहिले नेपाली कांग्रेसमा ठ्याक्कै त्यस्तै अवस्था छ । पार्टी सभापतिमा निर्वाचित भएको डेढ बर्षसम्म उनले विधान अनुसार गठन गर्नुपर्ने समिति गठन त परै जाओस् केन्द्रीय समिति बैठक समेत बोलाउन सकिरहेका छैनन् शेरवहादुर देउवा ।
त्यसबेला विष्णु पौडेलले पेश गरेको प्रतिवेदनमा भनिएको थियो – पार्टीमा भएको छलफल र निर्णयका सम्बन्धमा अनधिकृत र तोडमरोड गरिएका र गलत सूचना सम्प्रेषण गर्ने रोगबाट पार्टी आक्रान्त बनेको छ । पार्टीको केन्द्रीय सचिवालय समेत यस प्रवृत्तिबाट अलग रहन सकेको छैन । यस्तो प्रवृत्ति बारम्बार दोहोरिने हो भने हामी बैठकमा मिडियाको प्रत्यक्ष र नियमित उपस्थितिका लागि मन्जुर हुनुपर्ने अवस्थामा पुग्नेछौं । के हामी यसका लागि तयार हुने हो ?’
अहिले नेपाली कांग्रेसमा ठ्याक्कै त्यस्तै अवस्था छ । पार्टी सभापतिमा निर्वाचित भएको डेढ बर्षसम्म उनले विधान अनुसार गठन गर्नुपर्ने समिति गठन त परै जाओस् केन्द्रीय समिति बैठक समेत बोलाउन सकिरहेका छैनन् शेरवहादुर देउवा । पार्टीमा विधान अनुसार काम नगरेको, केन्द्रीय समितिलाई पूर्णता नदिएको, कोषाध्यक्ष अहिलेसम्म मनोनित नगरेको, विभागहरु गठन गर्न नसकेको, भातृ सस्थाहरुलाई भद्रगोलतामै छोडेको, केन्द्रीय समिति बैठक एघार महिनामा बल्ल बोलाइएको, निर्वाचन समीक्षा नभएको जस्ता प्रश्न उठाउँदै देउवाविरुद्ध महामन्त्री गगन थापा लगायतका नेताहरु आक्रामक बनिरहेका छन् ।
महामन्त्री थापा संसदीय दलको नेतामा पराजित भएपछि फेरि नेता परिवर्तन गर्ने अभियानमै छन् । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरु आफूविरुद्ध खरो उत्रिन थालेपछि र संचारमाध्यममा पनि आफ्नो आलोचना हुन थालेपछि देउवा पनि बैठक लाइभ गर्ने मनस्थितिमा पुगेका हुन् ।
त्यसमाथी गगनहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गरेको र देउवा जोगाउन लागेको जस्ता विषय सञ्चारमाध्यममा लगेर थप विवादित बनाउन सक्ने भय देउवामा छ । पार्टीमा भएका छलफल जस्ताको तस्तै जनतामाझ प्रस्तुत गराउन देउवा तयार हुनु भने आश्चर्यजनक छ । उनले पार्टीलाई पारदर्शी बनाउने भन्दा पनि आफ्नो स्वार्थ अनुसारको शीर्षक राख्ने मिडियाहरुलाई काउन्टर दिन यस्तो प्रस्ताव ल्याएको विश्लेषण गरिएको छ । देउवा पार्टीका महामन्त्री लगायत आफू अनुकुल मिडिया परिचालन गर्ने नेताहरुलाई पनि उहि तीरले निशाना बनाइरहेका छन् ।