Ad Banner

लगातार ४ दिन बढ्यो नेप्से, बैँकहरुमा किन वृद्धि ?

साझा कथा । अंकमा सामान्य सुधार गर्दै अगाडि बढिरहेको नेप्से परिसूचक गत आइतवारयता लगातार चार दिन वृद्धि भइरहेको छ । चार कारोबार दिनमा परिसूचक ३ दशलमव ८ प्रतिशतले वृद्धि भएको हो । बजार बढ्दा लगानीकर्ताको आकर्षण बैकिङ्ग समूहमा परेको छ । अरु कपितय समूहरुमा करेक्सन भइरहँदा बैंकिङले बजारलाई बढ्न टेवा पुर्‍याएको हो ।

अधिकांश बैंकहरूको शेयर मूल्य अहिले पनि २ सय रुपैयाँभन्दा तल छ । सोही कारण लगानीकर्ताको लागि तुलनात्मक रूपमा सुरक्षित क्षेत्र हुन सक्छ । वाणिज्य बैंकहरूको शेयर मूल्य निकै सस्तो र चौथो त्रैमासको वित्तीय विवरण सकारात्मक आउन सक्ने अपेक्षाले पनि लगानीकर्ता यसतर्फ लागेको देखिन्छ । अधिकांश बैंकहरुको सेयर भाउ अहिले पनि २ सय रुपैयाँभन्दा तल छ । यसलाई तुलनात्मकरुपमा सुरक्षित क्षेत्र पनि मानिन्छ ।

साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ११.१७ अंक अर्थात शून्य दशमलव ५२ प्रतिशत वृद्धि भएको छ । नेप्से परिसूचक २ हजार १६५ दशमलव २४ विन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ७१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ०४ प्रतिशत वृद्धि भएको छ ।

कारोबारमा आएका २६० धितोपत्रको ८६ लाख ७४ हजार १०९ कित्ता शेयर ५१ हजार ४४५ पटकमा ३ अर्ब ३४ करोड बराबरको कारोबार भएको छ । बुधवार कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी बिपि डब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।

अहिले वित्तीय प्रणालीमा तरलता सहज भएको अवस्था छ । अब केही दिनमै केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गर्दैछ । नीतिमार्फत केही खुकुलो प्रावधान आयो भने यसले समग्र लगानी क्षेत्रसहित सेयर बजारमा पनि सकारात्मक प्रभाव पार्न सक्नेछ ।

यो पढ्नु भयो ?