इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा नेपाल यूएईमाथि हावी, कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन

साझा कथा ।  श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गतको अन्तिम खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको छ । युएईले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे । यूएईको ६ महत्वपूर्ण विकेट लिन सफल भुर्तेलले जवाफी व्याटिङमा पनि राम्रो प्रदर्शन गरे । उनले ७१ रन जोडे । भुर्तेल पछिल्लो समय नेपाली क्रिकेट टिममा उम्दा खेलाडीको रुपमा देखा परेका छन् । व्याटिङमा राम्रो पदर्शन गर्दै आइरहेका भुर्तेलले आज वलिङमा चमत्कार नै गरे । टस जितेर पहिला ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

देव खनाल र सुन्दिप जोराले २४ रन बनाउँदा कुशल भुर्तेलले ११, रोहित पौडेलले ९ र गुल्सन झाले ८ रन बनाए । अर्जुन साउदले खाता खोल्न सकेनन् । युएईमाथि जीत हात पारेपनि नेपाल समूह चरणबाट बाहिरिसकेको छ । समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरण प्रवेश गर्ने छन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल २३ तारिखमा हुने छ ।

नेपाल ए र युएइ ए बाहिरिएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । समुह ए बाट श्रीलंका ए र अफगानिस्तान ए सेमिफाईनलमा प्रवेश गर्दा समुह बि बाट भारत ए र पाकिस्तान ए ले अन्तिम चारमा स्थान बनाएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?