साझा कथा । अहिले काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुुसार यतिबेला कोशी, मधेश र कर्णाली प्रदेशका एकरदुई स्थानमा र बाँकी प्रदेशमा केही स्थानमा वर्षा भइरहेको हो । पछिल्लो ३ घण्टामा चितवन आसपास, पाल्पा आसपास, दाङ आसपास र कैलाली टीकापुरमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
आज मौसम खुल्ने सम्भावना छैन। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन – चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस क्रममा कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भने मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै राति पनि देशभर मौसम सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। महाशाखाले आगामी २४ घण्टा का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।
जसमा भनिएको छ– ‘देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । तसर्थ यसकारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’