सामाजिक सञ्जालको लत – ८ महिनाको छोरो बेचेर ‘आइफोन’, ७ बर्षीय छोरी बेच्ने योजना असफल

साझा कथा । सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो क्रेजले अनेकथरी घटना निम्त्याइरहेका छन् । सामाजिक सञ्जालको लत लागेर मानिसहरु आफ्नो सिर्जनशिलता मासिरहेका छन् भने सञ्जालमा आउने लाइक, कमेन्ट र भाइरल हुने अभिलाषामा धेरै मानिसहरुको महत्वपूर्ण समय खेर गइरहेको छ । सामाजिक सञ्जाल मानवीय जीवनको अभिन्न अंग भएको सत्य हो । तर आफ्नो परिवारको अभिन्न अंग बेचेर सामाजिक सञ्जाललाई अंगाल्न सक्ने आमाबुबाको मन कति कठोर होला ? सामाजिक सञ्जालको लत लाग्दा भारतको पश्चिम बङ्गालबाट एउटा अचम्मको घटना बाहिर आएको छ ।

पश्चिम बंगालको पर्गान्नाज जिल्लाको बाराकपुरमा एक दम्पत्तीले आफ्नो ८ महिनाको छोरो बेचेका छन्, त्यो पनि ‘आइफोन’ किन्नका लागि । आइफोन किन्नुको उद्देश्य थियो, ‘रिल्स’को लागि भिडियो बनाउनु । जयदेश घोष र साथी नाम गरेका ती जोडीले फेसबुक र इन्स्टाग्राम ‘रिल्स’ बनाउनका लागि आइफोन किन्न आफ्नो ८ महिनाको छोरालाइ नै बेचिदिएका थिए ।

गत शनिबारदेखि बच्चा हराइरहेको तर उनीहरुले प्रहरीकोमा खबर नगरेपछि स्थानीयलाई शंका लागेको थियो । केहिदिनयता घोष दम्पतीको व्यवहारमा परिवर्तन देखिन थालेको र उनीहरुसँग अचानक महँगो आईफोन देखिएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बालकलाई उद्दार गरी आमालाई पक्राउ गर्यो ।

प्रहरीले आमालाई पक्राउ परेपछि अर्को रहस्य पनि खुल्यो । उनका पतिले सात बर्षीय छोरीलाई समेत बेच्ने तयारी गरेका थिए तर सो योजना सफल भएन । पक्राउ परेकी आमाले भनेकी छन्, ‘हामी बच्चाहरु बेचेर देशका विभिन्न भागमा जान चाहन्थ्यौँ, रिल्सको लागि भिडियो खिच्न चाहन्थ्यौँ ।’

जयदेव घोष फरार छन्, प्रहरीले उनलाई खोजिरहेको छ । बच्चा किन्ने एक महिला पनि पक्राउ परेकी छन् । यो घटना सार्वजनिक भएपछि पश्चिम बङ्गालमा हंगामा भएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?