Ad Banner

अधिवक्ता भगवती पाण्डे पक्राउ, के भनेकी थिइन् उनले ?

साझा कथा । मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार बिहान उनलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएकी थिइन् । केही दिनअघि टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति अधिवक्ता पाण्डेले दिएकी थिइन् ।

त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको एसएसपी कार्कीले बताए । बुधबार नै उनलाई पक्राउ गर्नुपर्ने माग राख्दै परिसर अगाडि नेपाल मगर संघ र नेपाल तामाङ संघले प्रदर्शन गरेको थियो ।

उनले के भनेकी थिइन् ?
“मुस्लिम, मगर, तामाङ समुदायमा दाजु बहिनीबीचमा विवाह हुँदो रहेछ । दाजु बहिनी बीचमा विवाह भएको र तिनबाट बच्चा जन्मिएको, तिनीहरु अलि कट्टरबादी, एकांकी (एक लाइनको सोँच्ने), गरेपछि गर्छु गर्छु भन्ने खालको जिनको विकास हुँदो रहेछ । यो किन गलत हो भन्ने लाग्छ भने हाम्रो गाउँघरमा भैँसीमा, बाख्रामा पनि यस्तो भएको रहेनछ । नजिकको सम्बन्धमा पशुमा त बारिन्छ भने मानिसमा बार्नु पर्ने कि नपर्ने ? यसले जिनमा डिफेक्ट ल्याउँछ । यो हाडनाता करणी सुध्रिन जरुरी छ ।”

यो पढ्नु भयो ?