विदेशमा बस्नेहरुलाई पैसा पठाउन झन् सहज, ट्र्याङ्ग्लोसँग इसेवाको सहकार्य

साझा कथा । विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा पैसा पठाउन अब झन् सजिलो हुने भएको छ । परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको इसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा ट्र्याङ्ग्लोबाट पनि सुरु भएको छ ।

इसेवा मनि ट्रान्सफरको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र ट्र्याङ्ग्लोको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत ज्याकी लीले हस्ताक्षर गर्दै व्यापारिक साझेदारीको घोषणा गरेका हुन् । इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्न सहज हुने भएको छ ।

ट्र्याङ्ग्लो, अन्तर्राष्ट्रिय रेमिटेन्स, मोबाइल भुक्तानी समाधानमा आधारित एक अग्रणी नामहरू मध्ये एक हो । २००८ मा स्थापित, ट्र्याङ्ग्लोका क्वालालम्पुर, सिंगापुर, जकार्ता, दुबई र लन्डनमा कार्यालयहरू छन् र १५० भन्दा बढी देशहरूमा यसको सेवा विस्तार भएको छ ।

यो सम्झौता संगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले ट्र्याङ्ग्लोको वेबसाईट, मोबाईल एप वा सिधै ट्र्याङ्ग्लोका शाखाहरूमा गएर १५० भन्दा बढी देशहरु बाट रेमिट्यान्स पठाउन सक्ने छन् । साथै ट्र्याङ्ग्लोबाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १००,००० भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ ।

इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्झौता भएपछि एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले क्यासलेस अर्थतन्त्रको अवधारणालाई ट्र्याङ्ग्लोले समेत आत्मसात गरेको बताए । यस्तै ट्र्याङ्ग्लो ग्रुपका प्रमुख कार्यकारी अधिकृत ज्याकी लीले नेपालमा सीमापार भुक्तानी प्रक्रियामा सुधार गर्न र अन्तर्राष्ट्रिय भुक्तानी सेवाले नेपालमा पैसा पठाउन अझ छिटो र प्रभावकारी बनाउने बताए ।

सन् २००९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र एक लाख तीस हजार बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?