साजन मगर बगेको खोला खोतल्दै महानगर (फोटो कथा)

साझा कथा । गत साउन ७ गते १३ वर्षीय बालक साजन मगर सामाखुशीको सानो खोलामा खसे र वेपत्ता भए । काठमाडौं महानगरपालिका वडा नं ३ भएर बग्ने सामाखुशी खोलाको अरू ठाउँमा स्ल्याब राखिएको भए पनि एक ठाउँमा खुला थियो र त्यहि खुला ठाउँबाट साजन खसे र वेपत्ता भए । वेपत्ता भएको १३ दिनपछि साजनलाई दक्षिणकाली नगरपालिका–७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला पारियो ।

काठमाडौं महानगरभित्र बग्ने इच्छुमति (टुकुचा) र सामाखुशी खोलामा स्ल्याब राखेर घरको आँगन बनाइएको थियो । कुनै ठाउँमा घर संरचना नै खडा गरिएको छ । तर काठमाडौं महानगरपालिकाको मेयरको रुपमा बालेन शाह आएपछि उनले खोला खोतल्न थालेका छन् । केहि समयअघि टुकुचा खोला खोतलेका बालेनलाई अदालतले अंकुश लगाइदिए पनि खोला खोतल्ने अभियान छोडेका छैनन् ।

साजन मगर बगेको खोला छोपेर थुप्रै व्यक्तिहरुले व्यापार व्यवसाय गरिरहेका थिए, घरको आँगन बनाएका थिए, पार्किङस्थल बनाएका थिए । साजन खसेर वेपत्ता भएपछि धेरै मानिसहरुले कि सबै ठाउँमा स्ल्याब राख्नुपर्ने कि सबै ठाउँ खुल्ला छोड्नुपर्ने बताएका थिए । यहि भावनाका बीच महानगरले सामाखुशी खोलामा लगाइएको स्ल्याब उप्काउन थालेको छ । अहिले रानीबारी चोकदेखि रेडन कलेज क्षेत्रको स्ल्याब हटाउन काम भइरहेको छ । ती क्षेत्रमा स्ल्याब हटाएर खोलालाई पुरानै स्वरूपमा ल्याउन लागिएको छ । हेर्नुहोस् तस्बिरमा ।
तस्बिरहरुः प्रकाश गोपाली, शिव श्रेष्ठ/साझा कथा ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?