साझा कथा । सामान्य वर्ष हुँदा समेत आवागमन बन्द हुने बनस्थलीस्थित ढुंगेधारा क्षेत्र ठूलो वर्षा हुँदा सधैं डुबानमा पर्छ । हरेक वर्ष वर्खा याममा डुबानमा पर्ने यस क्षेत्र आज पनि उसैगरि डुबानमा पर्यो । बिहानदेखि लगातार परेको वर्षाका कारण ढुंगेधारा तथा खरिबोट क्षेत्र डुबानमा परेको हो । खरिबोटबाट ढुंगेधारा निस्कने सडकमा गाडि होइन, खोला कुदेको दृष्य देखिन्थ्यो ।
खेतहरु पूरै डुबानमा छ । बाटो र ढलमा पानीको मात्रा बराबर हुँदा जोखिम उस्तै छ । पसल भित्र पानी पसेर सामानमा क्षेति पुर्याउँदा स्थानीय व्यापारीहरु चिन्तामा छन् । ढुंगेधारामा रहेको तरकारी बजार, विद्यालय तथा निजी कार्यालयहरु समेत बन्द गर्नु परेको अवस्था छ । तर, यसको दीर्घकालिन समस्या समाधान गर्न भने सरकारले खासै चासो नदेखाएको स्थानीयको गुनासो छ । के ढुंगेधारा तथा खरिबोटवासीले यस्तै समस्या भोगिराख्नु पर्ने हो ? साझा कथाले फोटो कथा मार्फत वास्तविकता प्रस्तुत गरेको छ ।
तस्बिरहरुः शिव श्रेष्ठ/साझा कथा ।