साझा कथा । के तपाईलाई टाउको दुख्ने, कपाल र छालाको समस्याले सताइरहेको छ ? बजारमा पाइने विभिन्न कस्मेटिक सामान किनेर प्रयोग गर्दा पनि उपलब्धी शून्य भएर हैरान हुनुभएको छ ? तपाईको लागि खुशीको खबर छ । नेपाली बजारमा कपाल झर्ने, चायाँ पर्ने, डन्डीफोर, छाला सम्बन्धि समस्याहरुलाई समाधान गर्ने सुगन्धित बोटविरुवाबाट निकालिएको तेलको विक्रि वितरण सुरु गरिएको छ ।
स्किन केयर इसेन्सियल प्रालीले विभिन्न इसेन्सियल तेलहरूको बिक्री वितरण सुरु गरेको हो । कम्पनीले छाला तथा कपालको हेरचाह, मसाज लगायतमा प्रयोग हुने रोज हिप, जोजोवा, लेमन ग्रास, पुचोली, फ्रंग्किन्सेंस, टी ट्री , लाभेनडर , आर्गन एसेन्सियल्स तेलको विक्री सुरु गरेको छ ।
विश्वको विभिन्न देशबाट आयात गरिएको उच्च गुणस्तरको ती तेलहरू ३० मिलिलिटरको एम्बर बोतलमा बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । छाला तथा कपालको हेरचाहमा यस्ता तेलहरू प्रभावकारी देखिएका छन् । यस्ता तेलहरू प्राकृतिक र अर्ग्यानिक भएकाले छाला तथा कपालको हेरचाहमा यसको प्रयोग बढ्दोक्रममा रहेको छ ।
एसेन्सियल्स तेलहरू छाला तथा कपालको हेरचाहसँगै मसाज गर्न समेत उपयुक्त मानिन्छ । सामान्य खत सफा गर्न, चायाँ पोतो सफा गर्न, डन्डीफोरको उपचारमा समेत एसेन्सियल्स तेलहरू प्रयोग भइरहेको देखिन्छ । सुगन्धित बिरुवाहरूबाट निकालिएको इसेंसियल तेलहरू प्राकृतिक एन्टी डिप्रेसन, दुखाइ कम गर्ने, मुड र प्रतिरक्षा बुस्टर समेत हुन् ।
अत्यावश्यक तेलहरूले राम्रो सुगन्ध दिन्छ, तनाव कम गर्दछ, फंगल सङ्क्रमणको उपचार गर्दछ र निन्द्रा ल्याउन समेत सघाउने कम्पनीले जानकारी दिएको छ ।