पक्राउ पर्ने बहालवाला दोस्रो सांसद, डा. सुनिल शर्मा, के हो कसुर ?

साझा कथा । एक क्विन्टल सुन तस्करी प्रकरणलाई लिएर उग्र भाषण गर्दै आइरहेका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई गोल्फूटारस्थित उनकै निवासबाट सीआइबीको टोलीले पक्राउ गरेको हो । उनले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीकै राजीनामा मागेका थिए । हुन त ललिता निवास प्रकरणको बेला पनि उनले सरकारको कडा आलोचना गरेका थिए । स्रोतका अनुसार सुन तस्करी गर्ने गिरोहले उनको पनि मिलेमतो भएको बयान दिएको छ ।

नेपाली काँग्रेसका सांसद रहेका शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेजका संचालक पनि हुन् । नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा कांग्रेस सांसद शर्मालाई पक्राउ गरिएको बताइएको छ । मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मा चीनमा एमबीबीसीएस अध्ययन गर्न गएका थिए, तर एमबीबीएस उर्त्तिण नगरी नेपाल फर्केको बताइन्छ । उनले प्रमाणपत्र किर्ते गर्ने गरेको आरोप छ । तर सुन तस्करी प्रकरणसँग पनि उनको कनेक्शन देखिएको स्रोत बताउँछ ।

विभिन्न काण्डका फाइल खोल्दै विभिन्न व्यक्तिहरु पक्राउ गरिरहेको सरकारले वहालवाला दोस्रो सांसद पक्राउ गरेको हो । यसअघि बहालवाला सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?