Ad Banner

एसिया कपको तयारीमा नेपाल – १७ सदस्यीय टिम घोषणा, भदौ ५ मा पाकिस्तान पुग्ने

साझा कथा । नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ । एसिया कपमा लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो । एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान र भारत पनि छन् ।

१७ सदस्यीय टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दिप लामिछाने, करन केसी, ललित राजबंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा छन् । यस्तै, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल पनि नेपाली टोलिमा छन् ।

एसिया कप क्रिकेटका १६ औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित ६ वटा राष्ट्र सहभागी छन् । एसियाका टेस्ट खेल्ने राष्ट्रहरु पनि एसिया कपमा सहभागी छन् । नेपालले पाकिस्तान र श्रीलंकामा आयोजना हुने प्रतियोगिताको पहिलो चरणमा पाकिस्तान र भारतसँग खेल्दै छ ।

्एसिया कपअघि नेपालले अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्नेछ । एक साता पाकिस्तानमा तयारीका दौरान नेपालले स्थानीय टिमसँग अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । नेपाली टिम पाकिस्तानसँग खेल्नुअघि प्रशिक्षणका लागि ५ भदौमा कराँचीमा पुग्नेछ ।

यो पढ्नु भयो ?