कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थी फेल

साझा कथा । भर्खरै मात्र कक्षा १२ को परिक्षा नतिजा सार्बजनिक भएको छ । सार्वजनिक गरेको नतिजाअनुसार कक्षा १२ को परिक्षामा ४९.०९ प्रतिशत विद्यार्थी फेल भएका छन् । सबैभन्दा बढी अङग्रेजी बिषयमा फेल भएका छन् । बोर्डका अनुसार नियमिततर्फ कुल तीन लाख ७२ हजार ६३७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ५१ जनाको परीक्षा रद्द गरिएको र ५ जना विद्यार्थीलाई आगामी एक वर्षको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी बोर्डले कारबाही गरेको बोर्डका प्रवक्ता अर्यालले बताए ।

कुल एक लाख ८९ हजार ७१ विद्यार्थी उत्तीर्ण भएका छन् । जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या ६ हजार ९७६ छन् । त्यसैगरी, ३.२१ देखि ३.६० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ९९९ छन् । त्यस्तै, २.८१ देखि ३.२० ल्याउने परीक्षार्थीको सङ्ख्या ६९ हजार १७४ छ । यसैगरी, जीपीए २.४१ देखि २.८० ल्याउने विद्यार्थीको सङ्ख्या ६३ हजार ७७ छ भने २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ११ हजार चार सय ३८ रहेको छ । दयस्तै, १.६१ देखि २ सम्म जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४७ रहेको छ । यसैगरी, एक लाख ८२ हजार ९२६ जना विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न सकेनन् ।

नट ग्रेडे (एनजी) ल्याउने विद्यार्थीको संख्या गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको बोर्डका अध्यक्ष शर्माले जानकारी दिए । गत वर्ष ५१.९० प्रतिशत विद्यार्थी एनजी (अनुत्तीण) भएका थिए । यो वर्ष ४९.०९ प्रतिशत विद्यार्थी एनजी भएका छन् । गत वर्षको भन्दा यो बर्ष २.८१ प्रतिशतले अनुत्तीर्ण हुनेको संख्या घटेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?