साझा कथा । मुस्ताङ जिल्लाको पर्यटकीय क्षेत्र कागबेनीमा गत साता बाढी आउँदा पुरिएको डेढ करोड रुपैयाँ रकम भेटिएको छ ।
स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा बाढीले पुरिएको बैंकको भवन खोतल्दा सो रकम भेटिएको हो । भेटिएको रकम मध्ये नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एक करोड पाँच लाख ३२ हजार ९६४ र प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडलले जानकारी दिए ।
बाढीले प्रभु बैंकको भवननै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । एक सातापछि आज फेला परेको रकम सबै सुरक्षित रहेको छ ।