साथीको मृत्युपछि २ सय बढी नाबालक बन्दी फरार

साझा कथा । भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहको ढोका फोडेर सोमबार दिउँसै अपराधमा मुछिएका २ सय बढी बालबालिका तथा किशोरहरू फरार भएका छन् । सुधार गृहमा २९६ जना नाबालक बन्दी रहेकामा अहिले प्रहरीको नियन्त्रणमै ४२ जना बालिका र ३३ जना बालक रहेका छन् । अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । बाँकी फरारहरुको खोजतलास भइरहेको छ ।

आइतबार त्यो बालसुधार गृहमा एक बालक बन्दीको निधन भएको थियो । बालकको निधनपछि आफन्तहरुले सुधार गृहको गेटमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले तोडफोड पनि गरेका थिए । त्यसबेला भित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिदैँ प्रदर्शनमा सामेल भएका थिए ।

‘नाबालक बन्दी’ को मृत्युलाई शङ्कास्पद भनिएको छ । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि आन्दोलन चर्किएको थियो ।

सोमबार पनि आन्दोलन हुने क्रममा थुनुवाहरु सुधार गृहको ढोका तोडफोड गरी फरार भएका हुन् । सडकमा निस्किँदा हुलमै देखिएका उनीहरुको खोजी कार्य जारी छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?