साझा कथा । च्याउ हाम्रो स्वास्थ्यका लागि निकै उपयोगी र राम्रो मानिन्छ, यसले हाम्रो खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ । थोरै क्यालोरी र थोरै चिल्लो पदार्थका साथै प्रसस्त पोषक तत्व पाइने च्याउलाई स्वास्थ्यका हिसाबले उपयुक्त तरकारी मान्न सकिन्छ ।
आज हामी यसलाई खानुका अन्य फाइदाहरू जान्नेछौं
धेरैजसो मानिसहरु मांसाहारी खानाको साटो च्याउ खान रुचाउँछन् । आजकल मानिसहरु च्याउबाट विभिन्न प्रकारका परिकारहरु पनी बनाउने गर्छन् । च्याउमा धेरै महत्वपूर्ण खनिज र भिटामिन पाइन्छन् । यसबाहेक च्याउमा कोलिन नामक विशेष पोषक तत्व पनि पाइने गर्छ । यसले तपाईंको मांसपेशीलाई बलियो बनाउँछ । साथै, च्याउले स्मरणशक्तिलाई तिखार्छ ।
च्याउ नेपालमा सजिलै पाउन सकिन्छ । हुन त च्याउका बिभिन्न प्रजातिहरु रहेका हुन्छन् त्यसमध्ये कति खान लायक हुन्छन् भने त कति खान लायक हुदैनन् । यस्तो अवस्थामा कुन प्रजातिको च्याउ खान मिल्ने र खान नमिल्ने थाहा पाउनुपर्छ । थाहा पाएनैँ भने च्याउ खाँदा मृत्यु पनि हुन सक्छ ?
नेपालको अधिकांस भु–भागमा गाउँ पर्ने हुन्छ । त्यसकारण पनि गाउँका मानिसहरु च्याउ खोज्न नजिकैको जङगलमा जाने गर्छन् त्यहा धेरै प्रकारका च्याउहरु पाइन्छन्, ति मध्धे कति खान मिल्ने हुन्छन् त कति विषालु खान नमिल्ने जसका कारण नेपालमा हरेक वर्ष विषालु च्याउको सेवनले केहि मानिसको मृत्यु हुने गरेको छ ।
- च्याउ खाँदा धेरै रोगको शिकारबाट राहत मिल्छ । च्याउमा भिटामिन डी को मात्रा धैरै हुने भएकाले यसले क्यान्सर हुनबाट बचाउने स्वास्थ्य विज्ञहरु बताउँछन् । साथै क्यान्सर पीडित व्यक्तिले च्याउको सेवन गर्नु राम्रो मानिन्छ । च्याउले हड्डीलाई बलियो बनाउँछ ।
- च्याउको अर्को फाइदा यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउछ । यो प्राकृतिक एन्टिबायोटिक हो । तपाईं लगभग हरेक मौसममा यो खान सक्नुहुन्छ।