त्रिशूली नदीमा बस खस्योः ८ जनाको मृत्यु

२०८० भाद्र ६, बुधबार

साझा कथा । काठमाडौ बाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१ छहराबाट बुधबार बिहान त्रिशूलीमा खसेको छ । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङ जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १५ जनाभन्दा बढी घाइतेको उद्धार गरी गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने साथै दुर्घटना र क्षतिका बारेमा थप विवरण आउन बाँकी छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?