आठ महिनामा सरकारले जनताको विश्वास जगायोः प्रवक्ता शर्मा (भिडियो)

Featured Video Play Icon

पछिल्ला ३० बर्षको अवधि हेर्ने हो भने नेपालमा ९ महिने सरकार एउटा बिम्ब बनेको छ । ९ महिनामै कैयौँ सरकार ढलेका छन्, आफ्ना प्राथमिकता र योजनाहरु लागू नहुँदै कैयौँ प्रधानमन्त्री विस्थापित भएका छन् । यस्तो इतिहासका बीच २०७९ सालको मंसिरमा भएको आम चुनावपछि संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले सत्ताको बागडोर सम्हाल्ने परिस्थिति बन्यो । तर, अर्थतन्त्र टाट पल्टिएर श्रीलंकामा विद्रोह भइरहेको समयमा निर्माण भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारप्रति धेरैको आशंका थियो – कतै देश श्रीलंकाकै लयमा जाने त होइन ? ती चुनौतिका बीच पछिल्ला ८ महिनामा प्रचण्ड सरकारले गरेका काम कस्तो रह्यो ? सरकारले तय गरेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको नाराभित्र सरकारले काम गर्न सक्यो या सकेन ? के वर्तमान सरकारको कथनी र करनीमा तादम्यता छ ? सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माः

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?