महराका छोरा राहुल पक्राउ परेको हो कि आत्मसमर्पण ?

साझा कथा । विद्युतीय चुरोट भेपमा सुन लुकाएर ल्याइएको प्रकरणमा मुछिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले सीआईबीको नियन्त्रणमा छन् । बुधबार दिउँसो सीआईबीले उनलाई पक्राउ गरेको समाचारहरु आएपनि उनी आफैँले आत्मसमर्पण गरेको देखिएको छ ।

पक्राउ गर्नु अघि नै उनले फेसबुकमा स्टाटस लेख्दै आफू सीआईबीलाई सहयोग गर्न जान लागेको बताएका थिए । केहि ठूला मिडियाले आफूलाई सुनियोजित रुपमा फसाउने योजना अनुसार समाचार प्रकाशन प्रसारण गरिरहेको भन्दै राहुलले भ्रम चिर्नका लागि आफू सीआईबीलाई सहयोग हुने गरी उपस्थित भएको बताएका छन् ।

गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको कल डिटेल रेकर्डसमेत उल्लेख छ । विवरण पेस भएको ४७ दिन बितिसक्दासमेत उनीहरूमाथि प्रहरीले सामान्य सोधपुछसमेत नगरेको आरोप लागेको थियो । पूर्वसभामुख महराले पनि घटनामा आफु निर्दोष रहेको भन्दै अनुसन्धान आवश्यक भए आफु तयार रहेको बताउँदै आएका छन् ।

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका राहुल महरालाई प्रहरीले हिरासतमा राख्ने भएको छ । उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीले जनाएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?