नेपाली क्रिकेट टोली श्रीलंका पुग्दा..(तस्बिरहरु सहित)

साझा कथा । नमीठो हारको चोट बोकेर नेपाली क्रिकेट टोली पाकिस्तानबाट श्रीलंका पुगेको छ । पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यु गरेको थियो । तर‚ नेपालको पहिलो खेल भने सोचेजस्तो हुन सकेन । एसिया कपको आफ्नो दोस्रो खेलका लागि नेपाली टिम  पाकिस्तानबाट श्रीलंका गएको हो । नेपाली टोलीलाई कोलम्बो विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

पहिलो पटक एसिया कप खेलिरहेको नेपाल हिजो पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । नेपालले दोस्रो खेल भदौ १८ गते भारतविरूद्ध श्रीलंकामा खेल्नेछ । भारतीय क्रिकेट बोर्डले आफ्ना खेलाडीलाई पाकिस्तान नपठाउने निर्णय गरेपछि एसिया कपका खेलहरु दुई देशमा आयोजना गरिएको हो । भारत र पाकिस्तानको खेल पनि श्रीलंकामै हुनेछ ।

श्रीलंकामा ३ दिनसम्म नेपाली टोलीले अभ्यास गर्ने छ । पाकिस्तानसँगको खेल सन्तोषजनक हुन नसकेपछि नेपालले नयाँ रणनीति अख्तियार गर्दैछ । खासगरी नेपाल सबल रहेको बलिङ पक्षलाई अझ सुधार गर्नका लागि कोच मोन्टी देसाईले नयाँ रणनीति बनाउँदै छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?