साझा कथा । पाठकमाझ एउटा स्वार्थपूर्ण स्टाटस लेखेकै कारण १२ वर्षको इतिहास बनाएको ‘रुटिन अफ् नेपाल बन्द’ अन्तत बन्द हुन पुगेको छ । बालेन साहको सनकमा राति नौ बजे लेखिएको विवादास्पद फेसबुक स्टाटसलाई विषयान्तर गर्न ‘रुटिन अफ् नेपाल बन्द’ले बालेन दम्पत्तिले छोरीलाई जन्म दिएको स्टाटस पोष्ट गरेको थियो ।
सामाजिक सञ्जाल प्रयोगकर्ता बीच बालेनले लेखेको स्टाटस माथि तीव्र समर्थन र विरोध हुँदै थियो । पोष्ट माथि सामाजिक सञ्चाल प्रयोगकर्ता मात्रै होइन घटनासँग जोडिएका व्यक्ति र निकायहरुको ध्यानाकर्षण पनि उस्तै गरि हुँदै थियो । विषय टुंगोमा नलाग्दै वा विषयमाथिको बहस चरम उत्कर्षमा पुग्दै गर्दा ‘रुटिन अफ् नेपाल बन्द’ले पुरानो स्टाटसलाई सम्पादन गर्दै ‘छोरीको जन्म केही दिन अघि नै भएको उल्लेख गर्याे ।’ स्टाटस इडिट भएपछि झनै पाठकहरुको विश्वासमा ठूलो घात भयो । २०६८ सालतिर बन्दैबन्द भएर आजित भएका नेपाली नागरिकलाई बन्दकै सूचना दिन र बन्दलाई व्यङ्ग्य गर्दै बन्द विरोधी अभियान चलाउन यो फेसबुक पेज सञ्चालनमा आएको थियो । त्यसयताको १२ वर्षमा कमाएको ४० लाख फलोअर्स र लाखौं शुभचिन्तकहरु सोही स्टाटसका कारण ‘रुटिन अफ् नेपाल बन्द’ र त्यसका सञ्चालक भिक्टर पौडेलमाथि खनिन थाले ।
सधैं पाठक÷दर्शकको माया पाएको ‘भिक्टर’ले अकस्मात तथानाम गाली खानु परेपछि एउटा अप्रिय निर्णय लिए र फेसबुक पेजलाई अनपब्लिस गरिदिए ।
थप कथा भिडियो मार्फतः

तपाईको विचार
0 प्रतिक्रिया