साझा कथा । आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा ठूलो परिणामको रकमसहित पक्राउ परेका छन् । नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं आउन लागेका सापकोटालाई सोमबार बिहान साढे ७ बजे विमानस्थलबाट पक्राउ गरिएको हो ।
उनको साथबाट प्रहरीले २६ लाख नगद भेटेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा उक्त नगद फेला परेको प्रहरीको भनाई छ ।
कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएका छन् । पौडेल फरार भएपछि प्रहरीले सापकोटालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
तपाईलाई केहि भन्नु छ ?