मोरक्को भूकम्प: २ हजार बढीको मृत्यु

साझा कथा । मोरोक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने मानिसहरूको सङ्ख्या २ हजार १ सय २२ पुगेको छ । सोमबार थप एक सय जनाको मृत्यु भएको मोरक्कोको गृह मन्त्रालयले पुष्टि गरेको छ । यो सार्वजनिक पछिल्लो विवरणअनुसार भूकम्पबाट कम्तीमा दुई हजार १२२ जनाको मृत्यु भएको छ भने दुई हजार ४२१ जना बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा अल हाउज प्रान्तमा एक हजार ३५१, तारौदान्त प्रान्तमा ४९२, चिचाउआमा २०१ र माराकेशमा १७ जना रहेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मोरक्कोका सेना र आपतकालीन सेवाहरू एटलस पर्वतीय क्षेत्रको सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुग्न सङ्घर्ष गरिरहेका छन् । यसअघि मराकेशका बासिन्दाले सिन्ह्वाका संवाददातालाई पराकम्पन अझै महसुस गर्न सकिने बताएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनको अनुमानअनुसार यो विपत्तिले मोरक्कोको प्राचिन शहर मराकेश र यसको बाहिरी इलाकामा ३ लाख भन्दा बढी मानिसहरूलाई प्रभावित भएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११:११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको पछिल्लो सय वर्षमा मोरक्कोमा गएको भूकम्पमध्ये सर्वाधिक शक्तिशाली हो।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?