संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम बिदाइ (फोटो कथा)

२०८० भाद्र २८, बिहीबार

साझा कथा । संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्तिम बिदाइ गरिएको छ । बिहीबार पशुपति आर्यघाटमा नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

दाहसंस्कार गर्नुअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिए । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । उनको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

तस्बिर : मनोजरत्न शाही, केशब गुरुङ र सुजन गुरुङ

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?