बढाऔँ बालबालिकामा लगानी (फोटो कथा)

साझा कथा । बालबालिका देशका कर्णाधार हुन्– धेरै भनिने र सुनिने कथन हो यो । बालबालिकालाई साँच्चिकै देशका कर्णाधार बनाउन लगानी पनि चाहिन्छ । सङ्घीयताको कार्यान्वयनसँगै बाल अधिकारका पक्ष स्थानीय तहमा सरेको छ । त्यसरी सर्दा बालबालिकामा हुने लगानी खुम्चिएको अनुभव गरिएको छ । बालबालिकाका लागि पालिकाले विनियोजन गर्नुपर्ने बजेट पनि अनिवार्य नगर्दा बालअधिकार नै सङ्कुचित बन्दै गएको छ ।

यस वर्ष ५९ औँ राष्ट्रिय बाल अधिकार दिवसको नारा नै ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ तय गरिएको थियो । हरेक वर्ष भदौ २९ गते बाल दिवस मनाइन्छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय बाल अधिकार परिषद्ले आयोजना गरेको बाल दिवस २०८० लाई साझा कथाले फोटो कथामा समावेश गरेको छ ।
तस्बिरहरुः प्रकाश गोपाली/साझा कथा 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?