‘के लत बस्यो’ गायक पेलाको अर्को गीत ‘देउसरा आइगै’ सार्बजनिक

Featured Video Play Icon

साझा कथा । ‘के लत बस्यो मलाई..’ बोलको गजल गीतबाट धेरै माझ चर्चा कमाएका गलज गायक तिलकसिंह पेलाको ‘देउसरा आइगै’ देउडा गीत सार्बजनिक भएको छ । हेमन्त विवसको शब्द रहेको देउडा गीतमा गायक पेलाको संगीत र स्वर रहेको छ । रिदम कँडेलको एरेन्ज रहेको गीतको भिडियो पेलाकै युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा मोडल देबु सिंह वोहरा, योगिता दाहाल र जनक महराको अभिनय रहेको छ भने भिडियोको निर्देशन बाबु राजा केसी र कोरियोग्राफी देबु सिंह वोराले गरेका छन् । म्युजिक भिडियोको छायाङ्कन दीपक गिरीले गरेका हुन भने भिडियोको सम्पादन विष्णु शर्मा मगरले गरेका छन् ।

सुदूरपश्चिमको बैतडीमा जन्मेका गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन् । ‘के लत बस्यो’ अगाडी पनि उनले केही गीत बजारमा ल्याएका थिए । तर उनका ती गीत त्यति चर्चामा आएका भने थिएनन् । ‘के लत बस्यो मलाई..’ गीतको चर्चा पछि भने उनी धेरैमाझ चिनिन सफल भए र चर्चामा आए ।

 

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?