एसियाली खेलकुदमा सहभागी हुन लामिछाने चीन प्रस्थान

२०८० आश्विन ९, मंगलवार

साझा कथा । एसियाली खेलकुदमा सहभागी हुन नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने चीन प्रस्थान गरेका छन् ।

नेपाल क्रिकेट संघ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासँगको छलफलपछि सन्दीप चीनको हाङजाओ जान तयार भएका हुन् ।

एसियाडका लागि नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन् ।

क्यानले हिजै चीन जाने टिकट काटेको भए पनि मानसिक रूपमा खेल्नका लागि तयार नभएको भन्दै सन्दीप चीन नजाने अडानमा थिए । तर अध्यक्ष चन्द र सचिव खड्काको आग्रहपछि उनी चीन जान तयार भएका हुन् ।

एसियाली खेलकुदको क्रिकेटमा नेपालले भोलि बुधबार मंगोलियासँग खेल्दै छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?